You are viewing the translated version of राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गर्ने.
Section 3
राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गर्ने
(१) यस ऐन तथा प्रचलित कानून बमोजिम कार्यालय, सरकारी निकाय तथा सार्वजनिक संस्थाले सङ्कलन गरेको तथ्याङ्कको एकीकृत प्रणालीको रूपमा राष्ट्रिय तथ्याङ्क प्रणालीको स्थापना गरिनेछ ।
(२) सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाहका लागि तयार गरिने फाराम तथा अभिलेखलाई अन्तरप्रणाली आबद्धता गरी त्यस्तो फाराम वा अभिलेखबाट प्राप्त तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गर्न सकिनेछ।
(३) कार्यालयले राष्ट्रिय तथ्याङ्क प्रणालीको व्यवस्थापन र सो प्रणालीमा आबद्ध निकायबीच समन्वय कायम गर्नेछ।
(४) -राष्ट्रिय तथ्याङ्क प्रणालीको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधि, प्रक्रिया र मापदण्ड तोकिए बमोजिम हुनेछ ।